सुनको मूल्य बढेर प्रतितोला एक लाख रुपैयाँ नजिक



काठमाडौँ : नेपाली बजारमा सुनको मूल्य बढेर प्रतितोला एक लाख रुपैयाँ नजिक पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यअनुसार आज सुनको प्रतितोला मूल्य ९७ हजार ५०० रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ९६ हजार ३०० रुपैयाँ तोकिएको थियो। तर, आज प्रतितोला एक हजार २०० रुपैयाँले बढेको छ ।

योसँगै नेपाली बजारमा सुनको भाउले किर्तिमान कायम गरेको छ । अब सुनको मूल्य प्रतितोला एक लाख पुग्‍न दुई हजार ५०० रूपैयाँ मात्र बाँकी छ ।

यही रफ्तारमा मूल्य बढ्दै गए अबको केही दिनमा प्रतितोला एक लाख पुग्ने निश्‍चित छ । यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ६० रूपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला एक हजार २१० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्