पूनम पाण्डेले गरिन् इन्गेजमेन्ट



काठमाडौँ : बलिउडकी अभिनेत्री पूनम पाण्डेले इन्गेजमेन्ट गरेकी छिन् । उनले प्रेमी साम बाम्बेसँग इन्गेजमेन्ट गरेको भारतिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

उनका प्रेमी सामले पनि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत इन्गेजमेन्टको औंठी लगाएको पूनमसँगको तस्विर सार्वजनिक गर्दै लेखेका छन्, ‘अन्त्यमा हामीले यो गरेरै छोड्यौं ।’ यस्तै, पूनमले पनि प्रतिक्रिया दिँदै ‘उत्कृष्ट अनुभव’ भनेकी छन् । 

प्रशंसकले पनि उनीहरुलाई इन्गेजमेन्टको बधाई दिँदै खुसी जीवनको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्