रियल मड्रिडको सहज जित



काठमाडौंः गएराति भएको स्पेनिस लिग ला लिगामा रियल मड्रिडले सेल्टा भिगोलाई पराजित गरेको छ । प्रशिक्षक जिनेदान जिदानले जिम्मेवारी लिएपछि पहिलो खेलमा नै जित हात पार्न सफल भएका छन् ।

रियलले सेल्टा भिगोलाई २-० गोलले पराजित गर्न सफल भएको हो । रियलका लागि इस्कोले खेलको ६२ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ७७ औ मिनेटमा ग्यारेथ बेलले गोल गरेका थिए । यो जितसँगै रियलले २८ खेलमा ५४ अंक जोड्न सफल भएको छ । लिगको तेस्रो स्थानमा रहेको रियल बार्सिलोनाभन्दा ९ अंकले पछि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्