बहुमतको बाटोमा सत्तारुढ दल नेकपा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थगित स्थायी समिति बैठक बहुमतको आधारमा अघि बढाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्तता र अनुपस्थितिका कारण अनिश्चितकालीन स्थगित हुँदै आएको स्थायी समिति बैठकले मंगलवारदेखि निरन्तरता पाउने देखिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड‘ निवास खुमल टारमा सोमवार बसेको नेकपाका बहुमत सचिवालय सदस्यले स्थायी कमिटीको बैठक रोक्न नहुने र बहुमतकै आधारमा पार्टीलाई अघि बढाउने निर्णय गर्न मत जाहेर गरेका छन् ।

उपस्थित नेताहरुको राय सुझावलाई लिएर भएको अनौपचारिक छलफलले स्थायी कमिटीको बैठक अघि बढाउने समझदारी तय गरेको बताइएको छ ।

स्थायी समितिको बैठक बसिसकिने बित्तिकै केन्द्रीय समितिको वैठक बस्ने आफूहरुको माग रहेको केन्द्रीय समिति सदस्य प्रेमलकुमार खनालले बताएका छन् ।

नेताहरु बहुमत र अल्पमतमा विभक्त हुनु अघि बसेको स्थायी कमिटीको बैठकमा बोल्दै गर्दा बहुमत सदस्यले ओलीलाई दुवै पद छाड्न दबाब दिएपछि ओलीको अनिच्छाका कारण स्थायी समिति वैठक लगातार स्थगित हुँदै आएको छ ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्