सुदूरपश्चिममा आज थप १७ जनामा कोरोना पुष्टि



धनगढी: सुदूरपश्चिम प्रदेशमा आज थप १७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पातलको प्रयोेगशालामा गरिएको परिक्षणमा १७ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १९७ नमुनामध्ये १७ जनामा कोरोना पोजेटिभ देखिएको हो । आज कोरोना पुष्टि भएका ३ जना महिला र १४ जना पुरुष गरी १७ जनामा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचनाअधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ८ का ३ जना महिला र १३ जना पुरुष र दार्चुलाको गोकुलेश्वर वडा नम्बर ६ का एक जना पुरुषमा संक्रमण देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्