ट्रक दुर्घटनामा एक जनाको मृत्यु, दुई जना गम्भिर घाइते



नवलपरासीः पूर्व पश्चिम महेन्द्र राजमार्गको नारायणगढ बुटवल सडक खण्ड अन्तर्गत कावासोतीको खरकट्टा जङ्गलमा आइतबार  बिहान दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको च्यापिएर घटना स्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन । 

मृत्यु हुनेमा दाङ का १८ बर्षिय अनराम रखाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वले जनाएको छ । त्यस्तै दुर्घटनामा दाङकै ३० वर्षका सुदिप राइ र  २३ वर्षका विनोद लामा गम्भिर घाइते भएका छन। 

घाइते दुबैको अहिले पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कावासोती नजिकै  खरकट्टा जङ्गल मा विग्रीएर रोकिराखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पुर्बबाट पश्चिम तर्फ आउदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्