बर्दियाको क्वारेन्टिनमा एक युवकले गरे आत्महत्या



बर्दियाः बर्दियाको क्वारेन्टाइनमा रहेका अछामका एक युवकले आईतबार राती आत्महत्या गरेका छन् ।

अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार भुरीगाउँ, बर्दियाको क्वारेन्टाइनमा रहेका अछामका युवकले आईतबार राती आत्महत्या गरेका हुन् ।

अछाम बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्त कहाँ आएका राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् ।

क्वारेन्टाइन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

युवक करिव दस दिन अघि भारतको राजस्थानबाट हिंडेका युवक महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तकहा गएका थिए । आफन्तले क्वारेन्टाइनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले ४ दिन अघि क्वारेन्टाइनमा लगेको थियो ।

उनको आईतबार दिउँसो पीसीआर परिक्षणका लागि स्वाब संकलन गरि पठाईएको थियो । पीसीआर रिपोर्ट अझै आईसकेको छैन । रिपोर्ट नआउँदै उनले आत्महत्या गरे । उनी डिप्रेशनको विरामी रहेको बताईएको छ ।

रिपोर्ट नआएकाले उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । राम बहादुर सावदले ठाकुरबाबा नगरपालिकाको क्वारेन्टाइनमै आत्महत्या गरेका हुन् । क्वारेन्टाइन पछाडिको रूखमा आफुले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्