दाङः वन डिभिजन कार्यालय देउखुरीले सालको चिरान काठसहित ११ जनालाई पक्राउ गरेको छ ।
१५ थान सालको चिरान काठसहित राप्ती गाउँपालिका वडा नं. ४ पिपर चौताराबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
देवीकोटको राष्ट्रिय वन क्षेत्रबाट काठ लिएर आउँदै गर्दा राप्ती गाउँपालिका वडा नं.का ४ का २१ वर्षिय मनोज श्रेष्ठलाई सुरुमा पक्राउ गरिएको र पछी काठ ओसार पसारमा संलग्न अन्य व्यक्तिलाई समातेको सहायक वन अधिकृत देवीप्रसाद चौधरीले बताए ।
उनले भने,‘चिरान काठमा कपडाले बेरेर काँधमा बोकेर आउदै गरेको अवस्थामा सुरुमा एक जनालाई छोप्यौं, त्यसपछि काठ ओसार पसारमा धेरै व्यक्ति संलग्न रहेको पाइएपछी अन्यलाई पनि घरबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं, हामी अनुसन्धानकै क्रममा छौं, दोषी देखिने सबैलाई कारबाहीको दायरामा ल्याउछौं ।’
पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं.४ सिमलखुट्टीका २५ वर्षिय विरबहादुर वलि, १८ वर्षीय शिशिर शाही, १९ वर्षिय शेखर थापा, ३६ वर्षिय तिलक नेपाली, २७ वर्षिय विष्णु गिरी, १८ वर्षिय राहुल भुषाल, २१ वर्षिय मनोज श्रेष्ठ, वडा नं.८ का २४ वर्षिय दुर्गे थापा, १९ वर्षिय हेम थापा, २५ वर्षिय प्रकाश कुमाल, २० वर्षिय सञ्जिव विक रहेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ ।
वनपैदावार (साल चिरान काठ) ओसारपोसार सम्बन्धि कसुर अपराधमा अनुसन्धान गरिने र दोषी देखिएकाहरुलाई वन ऐन अन्तरगत कारबाही हुने डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण विडारीले जानकारी दिएका छन् ।