आगलागीबाट ६ घर जलेर नष्ट



हिलिहाङ : पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ साविकको पञ्चमी गाविस वडा नं. ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राती ६ घर जलेका छन् । बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जङ्गलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका छन् । 

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर र सम्पूर्ण सामान जलेर नष्ट भएको  छ । आगलागीका कारण के कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले बताएका छन् । 

जंगलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले नियन्त्रण प्रयास गरे पनि नियन्त्रणमा खआउन सकेको छैन । अहिले आगो पूर्वी क्षेत्र वनपाला जङ्गलतर्फ मोडिएको पालुङवाले बताए ।

प्रतिक्रिया दिनुहोस्