पहिरोमा परी पाल्पाका एक युवकको मृत्यु



पाल्पा : पाल्पाकाे रम्भा गाउँपालिका–१ मा पहिरोमा परी एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्सेदीका ३० वर्षीय दिनेश अर्याल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले जानकारी दिए ।

लगातारको वर्षासँगै आएको भेलले धानबालीमा क्षति गर्ने भन्दै उनी सोमबार राति करिब १ बजे भेल तर्काउन खेतमा गएका बेला पहिरोमा परेको गिरीले बताए ।

पहिरोसँगै आएको लेदो माटोमा उनी परेका थिए । खेतमा नपुग्दै उनलाई माथिबाट आएको पहिरोमा उनी परेका थिए ।

उनको शव करिब २० मिटर तल पुरिएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्