सञ्चारकर्मी गीता अधिकारीको तीज गीत ‘बजाउँदै चुरा…’ सार्वजनिक



काठमाडौं : नेपाली महिलाहरुको महान पर्व तीज नजिकिदै जाँदा तीजसम्बन्धि गीतहरु सार्वजनिक भइरहेका छन् । यही मेसोमा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता÷दर्शकमाझ पस्किदै आएकी सञ्चारकर्मी गीता अधिकारीले ‘बजाउँदै चुरा…’ लिएर आएकी छन् ।

सारिका घिमिरेको स्वरमा रहेको सार्वजनिक तीज गीत ‘बजाउँदै चुरा…’मा योगेश काजीको सङ्गीत तथा एरेञ्ज रहेको छ । स्टुडियो डीबी एचडीमा रेकड्ङि गरिएको गीतमा एचवीएन किस्मतको मिक्सिङ तथा माष्टिरिङ रहेको छ ।

सार्वजनिक लिरिकल भिडियोलाई विक्रम आदित्य शाहले सम्पादन गरेका छन् । गीता र सारिकाले यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत लिएर आएका थिए भने गत वर्ष ‘तीजैमा ब्रत बसी…’ लिएर आएका थिए ।

कोरोना भाइरस (कोभिड(१९)को सङ्क्रमणका कारण गीतको भिडियो छायाँकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता-सारिकाले बताए ।

यसभन्दा अघि सार्वजनिक गीत जस्तै ‘बजाउँदै चुरा…’ले पनि सबैको माया र साथ पाउने आफूहरुले अपेक्षा लिएको उनीहरुले बताए । गीतको भिडियो युट्युव च्यानल द ट्युन मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्