राजपाको अवरोधपछि संसद् बैठक स्थगित



काठमाडाैं : राष्ट्रिय जनता पार्टी (राजपा)को अवरोधपछि प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ।

आइतबारको बैठकको सुरुमै राजपा सांसदहरुले उठेर विरोध गरेका थिए। सभामुख कृष्णबहादुर महराले सांसद लक्षमणलाल कर्णलाई बोल्न समय दिएका थिए।

बैठकमा सांसद कर्णले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा मधेस, थरुहट आन्दोलनको सत्य तथ्य छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने बताएका थिए। सरकारले गठन गरेको आयोगकाे प्रतिवेदनपछि मात्र सही र गलत छुट्टिने बताउँदै उनले तत्काल प्रतिवेदन सार्वजनिककाे माग गरे। 

उनले सभामुखबाट समेत निर्देशन हुँदासमेत प्रतिवेदन सार्वजनिक भएकाे भन्दै प्रतिवेदन सार्वजनिक नगरिएसम्म संसद चल्न नदिने बताए। लगतै सभामुख कृष्णबहादुर महराले १० मिनेट सम्मका लागि बैठक स्थगित गरेका हुन्। 

प्रतिक्रिया दिनुहोस्