पत्रकार कुटिएकाे विराेधमा जिल्ला प्रशासनमा धर्ना



सर्लाही : पत्रकार कुटिएको विरोध र दोषीलाईलाई कारबाहीको माग गर्दै आइतबार दिउँसो सर्लाही जिल्ला प्रशासन कार्यालयमा जिल्लास्थित पत्रकारहरुले धर्ना दिएका छन्। एक महिनाअघि सामुदायिक रेडियो सर्लाहीका स्टेसन म्यानेजर सोम दियालीमाथि केही युवाले आक्रमण गरेर घाइते बनाएका थिए। 

उक्त घटनाको विरोध गर्दै पत्रकारहरुले आइतबार दिउँसो जिल्ला प्रशासनको मुल गेटमा आधा घण्टाभन्दा बढी धर्ना दिएका हुन्। नेपाल पत्रकार महासंघ सर्लाही शाखाले -याली नै निकालेर प्रदर्शन गरको हो। दियाली आक्रमणमा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने एक जना अझै फरार छन्। 

घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्नलाई छिट्टै कारबाही गरिने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले नेपाल टपलाई जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्