मंगलबारसम्म मौसममा बदली हुने, भारी वर्षा भने नहुने



काठमाडाैं : आइतबारदेखि तीन दिनसम्म मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंलगायत देशका अधिकांश ठाउँको मौसम आइतबार धुम्मिरहेको छ।

साथै देशका पहाडी भूभागमा साँझपख हल्का वर्षा हुने पनि महाशाखाले बताएको छ। त्यस्तै सोमबार देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतया सफा रहने र देशको पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने अनुमान विभागले गरेको छ।

मंगलबार देशका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। मंगलबार देशको पश्चिमी पहाडी क्षेत्र तथा मध्य तथा पूर्वी क्षेत्रको पहाडी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्