प्रहरी हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : मंगलबार नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।

आज संक्रमण पुष्टि भएका सबैलाई सशस्त्र प्रहरीको बलम्बु अस्पताल पठाउने तयारी भइरहेको शाहीले जनाकारी दिए ।

प्रकाशित : साउन १३, २०७७

प्रतिक्रिया दिनुहोस्