भारत समूह ‘बी’ को विजेता, नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी श्रीलंका



काठमाडौं : साविक विजेता भारत पाँचौं साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’ को विजेता बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ५–० ले स्तब्ध पार्दै भारत समूह विजेता बनेको हो ।

पराजित श्रीलंका भने उपविजेतामा सीमित भएको छ । समूह ‘बी’ को विजेता बनेको भारतले अब सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै अर्को खेलमा समूह ‘ए’ को विजेता नेपालले समूह ‘बी’ को उपविजेता श्रीलंकासँग खेल्नेछ । दुवै खेल चैत्र ६ गते हुनेछ ।

श्रीलंकाविरुद्ध जित निकाल्न भारतका लागि दाङमेई ग्रेस, सन्ध्या रंगनाथन, इन्दुमती खाथिरीसान, संगिता बास्फोरे र रतनबाला देवीले एक–एक गोल गरे। एक एक गोल गरिन् । भारतले पहिलो हाफमा ४ र दोस्रो हाफमा १ गोल गरेको हो । 

नेपालले पहिलो खेलमा भुटान र दोस्रो खेलमा बंगलादेशलाई समान ३–० ले पराजित गरेको थियो । यता श्रीलंकाले पहिलो खेलमा माल्दिभ्सलाई २–० ले पराजित गर्दा भारतसँग भने ५–० ले हारेको हो । त्यस्तै भारतले पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको थियो । यता, बंगलादेशले पहिलो खेलमा भुटानलाई २–० ले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्