बलिउडका यी चर्चित सात अभिनेत्री, कसको कति उचाइ ?



एजेन्सी : चलचित्र कलाकारिता क्षेत्रमा मुख्यतया अभिनयको प्रतिभाले विशेष मान्यता राख्ने गर्दछ । अभिनयको क्षमताले नै कलाकारको पहिचान बन्ने गर्दछ । तर अहिलेको वर्तमान परिप्रेक्षमा अभिनयको साथ साथै अभिनेता तथा अभिनेत्रीहरु शारीरिक बनोटले पनि अर्थ राख्न थालेको छ ।

साथै अभिनय क्षमतासँगै अभिनेता अभिनेत्रीहरुको उचाइले विशेष प्राथमिकता पाउने गर्दछ । यसैगरी मानिसले अहिले विभिन्न सर्च इन्जिनहरुमा कुन अभिनेत्री तथा अभिनेताको उचाइ कति रहेको छ भनेर खोजिगरेको पाइन्छ । यसै क्रममा यहाँ बलिउडका केही अभिनेत्री उचाइकाबारे चर्चा गर्न खोजिएको छ ।

१. सोनम कपुर : बलिउडका चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् सोनम कपुर। उनले संजय लिला भन्सालीद्वारा निर्देशित चलचित्र सावरियाबाट बलिउड प्रवेश गरेकी हुन्। उनको सुन्दरता तथा उचाइको सबैले तारिफ गर्छन् । उनको उचाइ ५ फिट ११ इन्च रहेको छ।

२. डायना पेन्टी : भारतीय मोडेल तथा अभिनेत्री हुन् डायना पेन्टी। उनले सन् २००५ बाट आफ्नो मोडलिङ करियरको शुरुवात गरेकी थिइन्। उनले हिन्दी कथानक चलचित्र ककटेलबाट बलिउडमा प्रवेश गरेकी हुन्। उनको उचाइको सबै प्रेमी छन्। उनको उचाइ ५ फिट १० इन्च रहेको छ।

Diana Penty looks breathtaking in her red outfit, check out the ...

३. दीपिका पादुकोण : दीपिकाको सौन्दर्यता र अभिनय क्षमताले सबैलाई आकर्षित गर्ने गर्छ। भारतीय सिनेमा जगतमा उनी सबैभन्दा बढी पारिश्रमीक लिने अभिनेत्रीमा पर्दछिन्। उनले बलिउडमा चर्चित अभिनेता शाहरुख खानद्वारा अभिनित चलचित्र ‘ओम शान्ति ओम’बाट प्रवेश गरेकी थिइन्। उनको उचाइ ५ फिट ९ इन्च रहेको छ।

दीपिका पादुकोण छिट्टै निर्देशक ...

४. अनुष्का शर्मा : ‘रब ने बना दि जोडी’ चलचित्रबाट बलिउडमा प्रवेश गरेकी अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो। उनको अभिनयलाई मन पराउने भारतमा मात्र नभएर सारा विश्वमा छन्। उनी पनि बलिउडकी अग्ली अभिनेत्री मध्ये गनिन्छन्। उनको उचाइ ५ फिट ९ इन्च रहेको छ।

५. कट्रिना कैफ : कट्रिना कैफलाई मन नपराउने सायदै कोहि होलान् । उनको सौन्दर्यतालाई मात्र नभएर उनको अभिनय क्षमताको थुप्रै प्रशंसकहरु रहेका छन्। उनले सन् २००३ मा निर्माण भएको चलचित्र बुमबाट बलिउडमा प्रवेश गरेकी हुन्। उनको उचाइ ५ फिट ८ इन्च रहेको छ।

भूत बन्दै कट्रिना कैफ – Kathmandutoday.com

६. कृति सेनन : पछिल्लो समय नयाँ पुस्ताकी लोकप्रिय अभिनेत्री हुन् कृति सेनन। तेलगु सिनेमामा डेब्यू गरेपछि उनले सन् २०१४ मा निर्माण भएको चलचित्र हिरोपन्तीबाट बलिउडमा प्रवेश गरेकी हुन्।

Wave of back to back success lands Kriti Sanon high in the tide of ...

७. शिल्पा शेट्टी : शिल्पा शेट्टी पनि बलिउडकी अग्ली अभिनेत्रीहरु मध्ये एक हुन्। ९० को दशकमा बलिउडमा प्रवेश गरेपनि उनी अझैपनि अहिलेका पुस्ताका अभिनेत्रीहरुलाई बारबार टक्कर दिने हिम्मत राख्छिन्। पछिल्लो समय उनको चलचित्र नआए पनि उनी टेलिभिजन कार्यक्रममा सक्रिय छिन्।

Shilpa Shetty Controversies That Shocked Bollywood
प्रतिक्रिया दिनुहोस्