ट्रम्पका छोरालाई ट्वीट गर्न १३ घण्टाको प्रतिबन्ध



एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई ट्वीटरले ट्वीट गर्न १२ घण्टाको प्रतिबन्ध लगाएको छ ।

ट्रम्पले दिएको ‘हाइड्रोक्सिक्लोरोक्विन’को फाइदासम्बन्धी अभिव्यक्तिको भिडियो पोस्ट गरेवापत् ट्वीटरले उनलाई प्रतिबन्ध लगाएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले १४ दिनसम्म आफूले यो औषधि सेवन गरेको उल्लेख गर्दै यसलाई प्रयोग गर्न सुझाव दिएका थिए ।

तर, विश्व स्वास्थ्य संगठनले मलेरियाविरुद्धको यो औषधि कोरोनाको उपचारमा उपयोगी भएको कुनै प्रमाण फेला नपरेको जनाएको छ । बरु, यसको प्रयोगबाट मुटुसम्बन्धी समस्या निम्तने जनाइएको छ ।

ट्वीटरले ट्रम्प जुनियरले पोस्ट गरेको भिडियोले कोभिड १९ बारे गलत सूचनाको नियम उल्लंघन गरेको जनाएको छ । १२ घण्टा अवधिमा उनले एकाउन्ट व्राउज गर्न र सिधा म्यासेज गर्न सक्नेछन् । तर ट्वीट गर्न पाउनेछैनन् ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्