मुख्यमन्त्री कपबारे के भने डीपीएल जन्मदाता सुवास शाहीले?



कैलाली : सुदूरपश्चिम प्रदेशको धनगढीमा अन्तर प्रदेश मुख्यमन्त्री कप भइरहँदा खेलमैदानमा दर्शकको खासै उपस्थिती थिएन्। आइतबार ट्राफिक कार्यालयको मैदानमा महिला किक्रेटको फाइनल खेल भइरहेको थियो।

दर्शकसँगै थिए धनगढी प्रिमियर लिगका अध्यक्ष तथा डीपीएलका जन्मदाता सुवाश शाही। उनी दर्शकसँगै हुटिङ गर्दै चिच्याइरहेका थिए। प्रतियोगिताको फाइनलमा प्रदेश १ लाई हराउँदै सुदूरश्चिमले उपाधि जितेपछि त झन दर्शक खुसीले गद्गद भएका थिए।दनेपाल टपको टोली त्यहाँ पुगेको थियो।

मुख्यमन्त्री कप र समग्र धनगढीको महिला क्रिकेटबारे टोलीले शाहीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

प्रथम मुख्यमन्त्री कप हेर्दै हुनुहुन्छ। कस्तो लागी रहेको छ ? 

निकै खुसी लागेको छ। सरकारी स्तरबाट देशमै पहिलो पटक सुदूरश्चिम प्रदेशमा मुख्यमन्त्री कप सञ्चालन हुनु ठुलो कुरा हो। 

व्यवस्थापन पक्ष फितलो भयो भन्ने आलोचना भइरहेको छ नी ?

पहिलो अभ्यास हो। व्यस्थापन राम्रो गर्न सकिन्थ्यो, सरकारले हतार हतारमा खेल सुरु गर्यो आगामी दिनका लागी सिकाई हुने छ। 

यही खेल मैदानमा दुई पटक डीपीएल आयोजना भयो। त्यो बेलाको मैदान र अहिलेको मैदानमा के फरक पाउँनुभयो ?

फरक धेरै छ। हामीले पिच, प्याराफिटदेखी भौतिक संरचना निमार्ण गर्दा दर्शक र खेलाडीलाई मध्यनजर गरेर निमार्ण गरेका थियौं। यो खेलमा त्यति ध्यान दिएको देखिएन्। 

पाँच दिनमा २ करोड सिध्याउँने चाल जस्तो लाग्दैन् ? 

हैन यती ठूलो संख्यामा देशभरीका सातओटै प्रदेशबाट खेलाडी आएका छन्। व्यवस्थापनको लागी खर्च भइहाल्छ, पुरस्कार राशि पनि धेरै छ। 

सरकारले यति ठूलो धनराशिमा खेल आयोजना गरेको छ। यो खेलबाट के अपेक्षा गर्नुभएको छ ?

सरकारीले ठूलो जोखिम लिएर सरकारी स्तरबाट खेल सञ्चालन गर्यो त्यही नै आम सुदूरपश्चिमबासीका लागी खुसीको कुरा हो। यसले समग्र सुदूरपश्चिमको क्रिकेट, फुटबललगायतका क्षेत्रमा ठूलो योगदान पुर्याउँने अपेक्षा गरेका छौं। 

आगामी दिनमा यो खेललाई थप व्यवस्थित बनाउन के गर्नुपर्छ जस्तो लाग्छ ? 

सुरुवात भएकोले होला केही प्राविधिक समस्या र व्यवस्थापनमा कमजोरी देखियो थप व्यवस्थीत बनाउँन खेलकुदसंग सम्बन्धित संस्था, निजी क्षेत्र लगायत सबैसंग सहकार्य गरेर अगाडि बढ्नुपर्ने जरुरी देखिन्छ। 

धनगढी प्रिमियर लिगका अध्यक्ष तथा सुरुवातकर्ता सुवास शाहीले खेल क्षेत्रलाई पुर्याएको योगदान र उचाई लोभलाग्दो छ। उनकै नेतृत्वमा धनगढी प्रिमियर लिगको तीनवटा सिजन सफलतापूर्वक सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्