बिजुलीकाे पाेलमा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे मृत्यु



सर्लाही : हरिपुरमा आइतबार दिउँसो मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ। एक जना गम्भीर घाइते भएका छन्। लालबन्दी नगरपालिका–१ नेत्रगञ्जका ३५ बर्से रामएकवाल गुप्ताको दुर्घटनामा मृत्यु भएको छ।

गम्भीर घाइते गुप्तालाई उपचारका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पु-याइएको तर, चिकित्सकले मृत घोषणा गरेका थिए। गम्भीर घाइते नेत्रगञ्जकै २५ बर्से रामकुमार यादवको भने जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको छ। 

हरिपुर बजारबाट चिताइन जाँदै गरेको ना४४प ९४३५ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण पोलमा ठोक्किएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्