प्रहरी हेडक्वार्टरका थप ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं : बुधबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । योसँगै प्रहरी मुख्यालयमा कार्यरत ३६ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ६ जनामा संक्रमण देखाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये अधिकांश सवारी शाखाका छन् । केही सञ्चार शाखाका अधिकारीलाई पनि संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका हवल्दार र जवान छन् ।

कन्ट्याक ट्रेसिङका आधारमा अधिकृतहरुको पनि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । तर, रिपोर्ट आइसकेको छैन ।

यसअघि त्यहाँ रहेका २७ जना प्रहरी कर्मचारीमा एकैदिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्