टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउँदै हमाल



काठमाडौं : अभिनेता राजेश हमाल टेलिभिजन शो ‘जातको प्रश्न’ मार्फत दर्शकमाझ आउने भएका छन् । यसअघि उनले ‘को बन्छ करोडपति’ रियालिटी शो पनि सञ्चालन गरिसकेका छन् ।

‘जातको प्रश्न’ मा हमालले समाजमा हुने जातीय विभेदका विषयमा प्रश्न गर्नेछन् । समता फाउण्डेसनको प्रस्तुतिमा यो शो तयार पारिएको हो । शोमार्फत समाजमा भएका विभिन्न घटनालाई उजागर गरिनेछ ।

यो शो आउँदो शनिवारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्