दाङमा पहिरोमा पुरिएर आमा-छोरीको मृत्यु


दाङ : दाङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण बुधबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिँदा बङ्गलाचुली गाउँपालिका-५ साकिनेकी २६ वर्षीया  बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुश्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गए राति ३ बजेतिर घरमाथिको कान्ला भत्केर आधा घर पुरिँदा उनीहरूको मृत्यु भएको हो । घरमा परिवारका अन्य सदस्य रहेको भए पनि आधामात्रै घर पुरिएकाले अन्य सदस्य भने सकुशल रहेको प्रहरीले बताएको छ। यस विषयमा थप विवरण आउन बाँकी छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले असार १६ गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । (रासस)

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य