कालीकोट पहिरो अपडेट : एकै परिवारका ७ सहित ९ जनाको मृत्यु



कालीकोट : पहिरोमा पुरिँएर कालीकोटमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ ।

मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथ–७ माल्कोट बागाका ६२ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ७ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार ६२ वर्षीय गंगे बुढा, उनकी ६१ वर्षीया पत्नी नैना, बुहारी २४ वर्षीया कुशा बुढा, नातिनी १० वर्षीया चन्द्रिका बुढा, नातिहरु ७ वर्षीय रामबहादुर बुढा र डेढ वर्षका चरित्र बुढाको शव फेला परेको हो । त्यस्तै पहिरोमा परी घाइते भएकी १२ वर्षीया बिमला बुढाको पनि उपचारका क्रममा मृत्यु भएको ओलियाले जानकारी दिए ।

त्यस्तै, नरहरिनाथ गाउँपालिका वडा नम्बर ४ माझगोठीमा पहिरोमा परेर वेपत्ता भएका ७० वर्षीय बाले बुढा र उनकी पत्नी ६५ वर्षीया मना बुढाको पनि शव भेटिएको छ ।

कालिकोटमा पहिरोले पुरिँदा ८ जनाको मृत्यु, एक जना वेपत्ता

प्रकाशित : साउन १४, २०७७

प्रतिक्रिया दिनुहोस्