लेखाअधिकृत ढकालविरुद्ध ७ करोड बिगोसहित मुद्दा दायर



काठमाडौं : उदयपुरको कटारी नगरपालिका तथा माई नगरपालिका इलामका तत्कालीन लेखा अधिकृत रविचन्द्र ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरको छ।

कटारी नगरपालिकाम रहँदा ढकालले नगरको खाताबाट आफ्नो खातामा करोडौं रकम स्थानान्तरण गरेको अख्तियारद्वारा दायर आरोप पत्रमा उल्लेख छ। उनलाई ७ करोड २२ लाख बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो। 

ढकाल जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुमा लेखा अधिकृतको रुपमा कार्यरत रहेको अवधिमा समेत अनियमितता गरेको आरोप लागेको थियो। 

प्रतिक्रिया दिनुहोस्