सन्दीपले सिपिएल खेल्ने पक्का, चाटर्ड फ्लाइटमार्फत जाने


काठमाडौंः नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने पक्का भएको छ ।

समयमा नै हवाइ टिकटको टुङ्गो लाग्ने सम्भावना कम भएकाले केही दिन अघि उनको सिपिएल यात्रा अन्योलमा परेको चर्चा चलेको थियो ।

नेपाली राष्ट्रिय क्रिकेट टिममा भिडियो एनालिस्ट रमन सिवाकोटीले आज ट्विटमार्फत सन्दीपको सिपिएल यात्रा पक्का भएको जानकारी दिएका हुन् ।

सन्दीपका व्यवस्थापकसमेत रहेका सिवाकोटीका अनुसार सन्दीप जुलाई ३० मा कोरियन चार्टर्ड फ्लाइटमार्फत क्यारेबियन क्षेत्र उड्नेछन् र अगस्ट १ मा त्यहाँ पुग्ने छन् । ‘सन्दीपले सिपिएल खेल्ने पक्का भएको छ । उनी सिपिएलमा सहभागी हुनका लागि जुलाई ३० मा कोरियन च्यार्टर्ड फ्लाइटमार्फत क्यारेबियन यात्रामा निस्कने छन् र १ अगस्टमा त्यहाँ पुग्ने छन्’, सिवाकोटीले लेखेका छन्, ‘यस्तो गाह्रो कामलाई सम्भव बनाउन सहयोग गर्नुहुने सबैलाई धेरै–धेरै धन्यवाद ।’
तेस्रो सिजन सिपिएल खेल्ने तयारीमा रहेका सन्दीपलाई यो सिजन जमैका तलावाजले ९० हजार अमेरिेकी डलरमा अनुबन्धन गरेको छ । यो सिजनको सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रिनिडाड एण्ड टोबागोमा हुँदैछ ।

आइसिसीको नियमअनुसार सन्दीपले १४ दिन क्वारेन्टाइनमा बसेर मात्र क्लबको प्रशिक्षणमा सहभागी हुन पाउने छन् । सन्दीपको टिमले १९ अगस्टमा सेन्ट लुसिया जुक्सविरुद्धको खेलबाट प्रतियोगिताको सुरुवात गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

जनकपुरधामः सप्तरीको सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुको खानामा किरा भेटिएपछि तनाव

काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर ३ सय ६० मा कोरोना संक्रमण

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

विराटनगर : विराटनगरमा बिहीबार बिहान थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगर

काठमाडौँ : माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा अर्काे सातामात्रै सार्वजनिक हुने भएको छ ।

काठमाडौं : बिहीबार सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम भएको छ । बुधबारको तुलनामा आज प्रतितोला

चितवन : मेडिकल सिटीका रुपमा परिचित चितवनमा निजी खर्चमा पीसीआर परीक्षणको व्यवस्था हुन सकेको छैन

काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमणका सङ्ख्या फेरि बढ्न थालेपछि सरकारले पुनः कडिकडाउ गर्ने निर्णय गरेको

काठमाडौं : गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको

काठमाडौं : काठमाडौं उत्पयकामा एकै दिन एक सय २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको

काठमाडौंः नेपालमा एकै दिन ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज र विराटनगरमा

काठमाडौं : काठमाडौं उपत्यकामा बुधबार थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य