लिभरपुलको संघर्षपूर्ण जित, शीर्ष स्थानमा उक्लियो



एजेन्सी : प्रिमियरमा आइतबार राति लिभरपुलले फुलह्याममाथि २–१ को संघर्षपूर्ण जित निकालेको छ। जितसँगै लिभरपुलले ३१ खेलबाट ७६ अंक बनाएको छ।

ऊ शीर्ष स्थानमा उक्लिएको पनि छ। लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको हो। फुलह्यामको मैदानमा भएको खेलमा लिभरपुलले खेलको २६औं मिनेटमा साडियो मानेको गोलबाट खाता खोलेको थियो। मानेले ब्राजिली रोबर्टाे फिर्मिनोको सुन्दर ब्याकपासमा सफल फिनिसिङ गरेका थिए। 

७४औं मिनेटमा गोलरक्षक र डिफेन्डरबीच तालमेल नमिल्दा लिभरपुलका पूर्वखेलाडी रायन बाबेलले गोल गरी खेल बराबरीमा ल्याएका थिए। कप्तान जेम्स मिल्नरको खराब क्लियरेन्सलाई अर्का डिफेन्डर भान डाइकले ढिला गरी हेडमार्फत ब्याक पास दिँदा बाबेलले लिभरपुलका गोलरक्षक इलिसन बेकरले भेट्न नपाउँदै वान टचमा गोल भएको थियो। 

८०औं मिनेटमा लिभरपुलले खेलमा अग्रता बढाउने मौका पायो। फुलहमका गोलरक्षक सर्जियो रिकोले मानेलाई फल गरेपछि रेफ्रीले लिभरपुललाई पेनाल्टीको मौका दिएका थिए।

जसलाई कप्तान मिल्नरले कुनै गल्ती गरेनन्। त्यसपछि पनि लिभरपुलले केही मौका पायो तर, सदुपयोग गर्न भने सकेन। ८० औं मिनेटसम्मको २–१ को नतिजा अन्तिमसम्म उही भयो। 

प्रतिक्रिया दिनुहोस्