तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी



झापा : बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले नै विवरण संकलन गरेपछि उनी हौसिएकी हुन् ।

दुई महिनाअघि भुटान फर्कन पाउँ भन्दै फाराम भरेकी उनका तीन छोरा र तीन छोरी अमेरिकामा छिन् । उनीचाहिँ कान्छा छोराबुहारीसँग शरणार्थी शिवरमा छिन् । पछित मानध्वज डेढ वर्षअघि दिवंगत भए । यूएनएचसीआरले १९ डिसेम्बरदेखि १० दिनसम्म भुटान फर्किन इच्छुक शरणार्थीको विवरण संकलन गरेको थियो । ७ जनावरीदेखि एक महिनासम्म फाराम भरेकाहरुसँग अन्तर्वार्तासमेत लिइसकेको छ । यो समाचार अर्जुन राजवंशीले कान्तिपुरमा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्