विप्लवका नेतालाई राज्यविरुद्ध अपराध मुद्दा, आजीवन कैद हुन सक्ने



काठमाडौंः सरकारले प्रतिबन्ध लगाएको विद्रोही नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्तालाई राज्यविरुद्ध अपराध मुद्दामा कारबाही सुरु भएको छ । यस्तो मुद्दामा आजीवन कैद सजाय हुन सक्छ । शुक्रबार पक्राउ परेका सो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त)लाई राज्यविरुद्ध अपराध कसुर मुद्दामा कारबाही अघि बढाइएको छ ।

गत भदौदेखि लागू भएको फौजदारी अपराज संहिता ऐनमा राज्यविरुद्धको अपराध कसुरमा आजीवन कैद सजाय हुन सक्ने प्रावधान छ । नेपालको कानुनअनुसार आजीवन कैद सजाय भने २५ वर्षसम्म कैद सजाय हुनेछ । 

प्रतिक्रिया दिनुहोस्