हेर्दै जाउँ जाउँ लाग्ने झाँक्रीपानी 



म्याग्दी : उत्तरतर्फ मुस्कुराएजस्तो देखिने हिमालका लहर, सूर्योदय र सूर्यास्त, दक्षिण र पूर्वतर्फ ठुल्ठूला पहाड र लमतन्न फैलिएको घना जंगल, पश्चिमतर्फ सुन्दर गाउँका साथै म्याग्दीका दर्जनौं ग्रामीण क्षेत्रहरुको एकै ठाउँबाट अवलोकन गर्न पाइने रमणीय ठाउँ हो, बरंजाको झाँक्रीपानी।

प्रचुर पर्यटकीय सम्भावनायुक्त मंगला गाउँपालिका ३ स्थित झाँक्रीपानीको पर्यटकीय सम्भावनालाई उजागर गरी पर्यटकहरुलाई त्यस ठाउँमा पु¥याउन सामाजिक क्षेत्रमा क्रियाशील संस्था लायन्स क्लब अफ बेनी पिस सिटीकले पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम गरेको छ। 

निजी क्षेत्रको छाता सङ्गठन म्याग्दी उद्योग वाणिज्य संघले मनाइरहेको म्याग्दी भ्रमण वर्ष–२०७५ लाई सहयोग पु-याउने उद्देश्यसहित पर्यटकीयस्थलको उजागर गर्न कार्यक्रम गरिएको लायन्स क्लब अफ बेनी पिस सिटीले जनाएको छ। कार्यक्रमको अवसरमा झाँक्रीपानीवासीलाई ‘म्याग्दी भ्रमण वर्ष–२०७५ सफल पारौं’ भन्ने नारा र लोगोअंकित टिसर्ट र टोपी वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्