पहिरोका कारण धाइरिङका २५ घरपरिवार विस्थापित



पर्वत : पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् ।

धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् । पहिरोको डरले छिमेकीकहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए ।

मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् ।

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन् । सल्यान र किराखोरको बिचमा रहेको ठुलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध भएको छ । त्यस्तै केराबारीमा रहेको एल्भिन फलफूल फार्ममा पनि पहिरोले क्षति पु-याएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिट निवेदनमा बहस गर्न कानुन व्यवसायीहरुका लागि आधा घण्टाको

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रधानमन्त्रीको रुपमा कांग्रेस सभापति

काठमाडौं : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज दुई खेल हुँदैछ । साविक विजेता

वासिङटन : अमेरिकाले आज (बुधबार) औपारिक रुपमै नयाँ राष्ट्रपति पाउँदै छ , नवनिर्वाचित राष्ट्रपति जो

काठमाडौं : भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ । भारतको विदेश मन्त्रालयले

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडन र नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसको शपथ कार्यक्रममा सुरक्षा

काठमाडौं । भारतले नेपालसहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा

काठमाडौैं : पछिल्लो २४ घण्टामा ३४८ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको

काठमाडौं : भारतले नेपालसहितका छिमेकी मुलुकलाई कोरोना भाइरस विरुद्धको खोप करिब एक करोड डोज निःशुल्क

नेपालगञ्ज : बाँकेमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन

काठमाडौं : नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको भारतीय कोरोनाविरुद्धको खोप उपलब्ध भएको दुई

काठमाडौं : विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड(१९ खोपको जोहो गर्नका लागि लाइन