एपल, एमेजन, फेसबुक र गुगलमाथि अमेरिकी संसदीय सुनुवाइमा कडा आरोप



एजेन्सी : विश्वका चार ठूला अमेरिकी कम्पनी फेसबुक, एप्पल, गुगल र एम्जनले शक्तिको दुरूपयो गर्दै बजारमा एकाधिकार कायम गरेको अमेरिकी सांसदहरूले आरोप लगाएका छन् ।

संसदीय सुनुवाइमा उनीहरूमाथि प्रमुखहरू बजारमा प्रतिस्पर्धा दबाउन शक्तिको दुरूपयोग गरेको आरोप लगाइएको हो ।

संसदीय सुनुवाइको नेतृत्व गरेका डेमोक्र्याट सांसद डेविड सिसिलिनले एक वर्ष लगाएर सांसदहरूले गरेको अनुसन्धानबाट अनलाइन प्लेटफर्महरूले दायरा विस्तार गर्दा प्रतिस्पर्धीहरूलाई हानि पुर्‍याउने हिसाबले खर्च गरेको आरोप लगाए ।

बीबीसीका अनुसार सुनुवाइका क्रममा सांसदहरूले आफ्ना वेब पेजमा प्रयोगकर्ताहरूलाई तानिरहन गुगलले एल्पजस्ता साना कम्पनीद्वारा तयार पारिएका विषयवस्तु चोरेको पनि आरोप लगाएका छन् ।

पाँच घण्टा लामो सुनुवाइका क्रममा फेसबुकका मार्क जुकरबर्ग, एमेजनका जेफ बेजोस, गुगलका सुन्दर पिचाइ र एपलका टिम कूकलाई पाँच घण्टासम्म प्रश्नहरू सोधिएको थियो।

चारैजना प्रमुख कार्यकारी अधिकृतहरूले आफ्नो कम्पनीले कुनै गैरकानुनी काम नगरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्