बलिउडका यी कलाकार कुन राेगबाट ग्रसित ?



एजेन्सी : बलिउड फिल्‍म उद्योग अहिले विश्‍वभर निक्कै फस्टाएको छ। यसका अभिनेता तथा अभिनेत्रीहरु पनि फिल्‍मका सुटिङमा धेरै नै व्यस्त हुन थालेका छन्। चर्चित कलाकारहरुले मनग्यै आम्दानी गरे उनीहरुलाई पनि स्वास्थ्यले भने साथ दिएका छैनन्। सलमान खानदेखि सोनाम कपूसम्म अहिले विरामीको सिकार भइसकेका छन्। कस्लाई के रोग लागेको छ ?

अमिताभ बच्चन :- बलिउडका महानायकको रुपमा चिनिएका अभिनेता अमिताभ बच्चन टिवी रोगबाट ग्रसित छन्। सन् १९८२ मा आफ्नो फिल्‍म ‘कुल्ली’को सुटिङको दौरानमा उनी घाइते हुन पुगेका थिए। त्यही बेला उनको स्वास्थयमा ठूलो असर गरेको थियो की उनलाई टिवी रोगले सताउन थाल्यो। तर उपचारपछि उनी पूरै निको भए पनि बेला बेलामा उनलाई टिबीले सताउने गरेको छ। हाल उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । अमिताभ बच्चनले आफ्नो आधिकारिक ट्वीटर र फेसबुकमार्फत आफूलाई कोरोना पोजेटिभ भएको लेखेका थिए । ७७ वर्षका उनी उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

सलमान खान :- बलिउडमा सर्वाधिक रुचायएका नायक/अभिनेता हुन् सलमान खान। उनको स्टाइलले धेरैलाई प्रभाव पार्ने गर्दछ। तर उनी पनि स्वास्थ्यका दृष्टिले पछाडि परेका छन्। उनलाई ट्राईजेमिनल न्यूरोलोजिया नामक रोग लागेको छ। यो रोगमा बिरामीको अनुहारको सबै नशाहरु धेरै दुख्‍ने गर्दछ। तर सलमानले सन् २०११मा आफ्नो बिरामीलाई मध्य नजर गर्दै पूरै अनुहारको सर्जरी गराएका थिए।

शाहरुख खान :- बलिउडका बादशाहको नामले चिनिएका शाहरुख खानले धेरै पटक सर्जरीको सामना गर्नु परेको छ। पछिल्लो २५ वर्षमा उनले करीब ८ पटकसम्म सर्जरी गराइसकेका छन्। उनले शरीरको आँखा, घुडा, काध तथा गालाको सर्जरी गराएका हुन्। यी सबैको एउटै कारण हो उनी पनि रोगबाट पीडित नायक हुन्।

मनीषा कोइराला :- सन् २०१२ मा बलिउडकी नायिका मनीषा कोइरालालाई पाठेघरको क्यान्सर भयो। उनी क्यान्सर लागेपछि उपचारका लागि केही समय नेपाल र विदेशमा बसिन्। यही कारण उनी बलिउड फिल्‍ममा पनि धेरै समय देखा पर्न सकिनन्। तर उनी अहिले क्यान्सरलाई जितेर पूर्ण रुपमा स्वस्थ भइसकेकी छिन्।

Manisha Koirala: Cancer came into my life as a gift ...

सोनम कपूर :- अहिलेको चरल्तीको हिरोइनमा गनिन्छिन् सोनम कपूर। उनको लवाइखुवाइ देख्दा लाग्छ उनी निक्कै परफेक्ट र हेल्थी छिन्। तर उनलाई डायबिटीजको रोग छ। डाइबेटिज भएको थाहा पाउने बित्तिक्कै उनी अहिले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न‍ लागि परेकीछन्।

Why can't I criticise my government? That's what democracy is ...

मुमताज :- बलिउडका धेरै सुन्दरी नायिकामध्ये एक हुन् मुमताज। उनलाई ५४ वर्षको उमेरमा ब्रेस्ट क्यान्सर भएको थियो। उनले यसको सर्जरी गराइन् र यसपछि किमो थेरापी रेडिएशन लगायतका दर्दनाक उपचार समेत गराइन्। अहिले उनी पूर्ण स्वस्थ भइसकेकी छिन्।

कैंसर से जंग जीतने वाली मुमताज की ...

अनुराग बसु :- बर्फी फिल्‍मबाट आफ्नो पहिचान बनाएका फिल्म निर्देकश हुन अनुराग बसु। उनलाई कुनै समय ब्लड क्यान्सरले नराम्री आक्रमण गरेको थियो। सन् २०१० मा उनले जब यो कुरा थाहा पाए, तब उनी चिकित्सकसँग परामर्श लिएर उपचारमा लागे। अहिले उनी स्वस्थ छन्।

लीजा रे :- अभिनेत्री लीजा रेलाई सन् २००९ मा ब्लड क्यान्सर भएको थियो। उनको ब्लड क्यान्सर ह्वाइट सेल्समा भएको थियो। तर पनि उक्त बिरामीबाट उनी चिकित्सकको सल्‍लाहमा उपचारपछि निको भइन्। अहिले उनी पूर्ण रुपमा स्वस्थ छिन्।

लीजा रे को है इस बात से ऐतराज! बोलीं ...
प्रतिक्रिया दिनुहोस्