‘बाहुवली’ निर्देशक राजामौलीसहित परिवारका सबै सदस्यलाई कोरोना संक्रमण



ऐजन्सी : ‘बाहुवली’ निर्देशक एसएस राजामौलीसहित सबै परिवारका सदस्यलाई कोरोनाभाइस (कोभिड–१९) संक्रमण भएको छ ।

राजामौलीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफ्ना परिवारका सबै सदस्यलाई कोरोनाको संक्रमण भएको जानकारी दिएका हुन् ।

राजामौलीले आफ्ना परिवारका सदस्यलाई केही दिनदेखि हलुका ज्वरो आएको र कोरोना परीक्षणको नतिजा ‘पोजेटिभ’ आएको बताएका छन् ।

उनको परिवार हाल चिकित्सकको सल्लाह अनुसार ‘होम क्वारेन्टाइन’मा छन् ।

कोरोना संक्रमण भएको सार्वजनिक भएसँगै उनलाई कलाकार तथा प्रशंसकहरूले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

राजामौलीले कोरोना भएको जानकारी दिएपछि गरेको अर्को ट्वीटमा उनले आफ्नो परिवार शरीरमा एन्टीवडीको विकासलाई कुरिरहेको र त्यसपछि प्लाज्मा दान दिने बताएका छन् ।

प्रकाशित : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्