माया पिरिममा करिश्मा र निश्चल



काठमाडौंः यतिबेला एसईई परीक्षाको तयारीमा रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई फिल्म ‘जात्रै जात्रा’ का निर्माताले अचानक एक गीतमा नृत्यका लागि प्रस्ताव गरे । पछिल्ला वर्ष स्कुले जीवनमा रहेकी मानन्धर ग्ल्यामर दुनियाँबाट केही टाढा पनि थिइन् ।

आफुलाई शारीरिक रुपमा भन्दा मानसिक रुपमा तन्दुरुस्त पारिरहेकी थिइन । ‘३-४ वर्षदेखि आफूलाई मेन्टेन पनि थिइनँ । त्यसैले पनि म गीतमा नृत्य नगरुँ भन्ने सोचमा थिए । अभिनेत्री मानन्धरले गीत खेल्नुअघिको पृष्ठभूमि सुनाउँदै भनिन् । हालको समय पढाइ बाहेक राजनीतिलाई पनि दिइरहेकी मानन्धरलाई फिल्मको गीतका लागि प्रस्ताव सायद निल्नु न ओकल्नु भएको थियो । 

फिल्म ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’ ले पहिलो गीत सार्वजनिक गरेको छ । आइतबार राजधानीको दरबारमार्गस्थित क्युज चलचित्र भवनमा आयोजित एक कार्यक्रममा ‘माया पिरिम’ बोलको गीत सार्वजनिक गरेको हो ।गीतमा अभिनेत्री करिश्मा मानन्धर र सारा शिर्पालीसँग अभिनेता निश्चल बस्नेतले नृत्य गरेका छन् । कलाकारको लर्को सहित छायाँकन गरिएको यो गीतमा मात्र करिश्मा, सारा र निश्चल देखिनेछन् । 

गीत विवाहको परिवेशमा छायाँकन गरिएको छ । गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, विपिन कार्की, बर्षा राउत, रबिन्द्र झा र रबिन्द्रसिंह बनियाँ देखिएका छन् । गीतमा निशान भट्टराई र मनिषा पोखरेलको स्वर छ । 

कृष्ण भारद्वाजको संगीत रहेको गीतमा शब्द लेखु सहयात्रीले कोरेका हुन् ।  कार्यक्रममा फिल्मका निर्माता रबिन्द्रसिंह बनियाँले गीतको चर्चाका लागि निश्चल, करिश्मा र सारालाई खेलाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्