विश्व बाघ संरक्षणको चुनौती



–विश्वनाथ खरेल
सन् २०१० मा नेदरल्यान्ड्सको सेन्ट पिटर्सवर्गमा भएको टाइगर समिटले सन् २०२० सम्ममा दुर्लभ पाटे बाघको संख्या दोब्बर बनाउने घोषण ग¥यो । त्यही बेलादेखि जुलाई २९ लाई बाघ दिवस मनाउन थालिएको हो ।

मूलतः योे दिवस विश्वमा प्रत्येक जुलाई २९ तारिख अर्थातआउँदो बुधबार नेपाल लगायत संसारभरी यो दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यसरी विश्वमा झण्डै चार हजार हाराहारीमा बाघ रहेको सम्बन्धित क्षेत्रको अनुमान छ ।

तसर्थ, विश्वका बाघ पाइने मुलुकमा नेपाल १९८, भारत २२२६, चीन७, बंगलादेश १०६, भुटान १०३, म्यानमार १९८, कम्बोडिया २, इन्डोनेसिया ३७१, लाओस २, मलेसिया २५०, उत्तर कोरिया, रुस ४३३, थाइल्याण्ड १८९ र भियतनाममा ५ पर्छन् ।

त्योमध्ये सबैभन्दा धेरै बाघ पाइने मुलुक भारत हो । बाघ गणना नतिजाबाट दुर्लभ तथा लोपोन्मुख प्रजातिको बाघ संरक्षणको अवस्था थाहा पाई संरक्षण र व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन थप मद्दत पुग्ने विश्वास सम्बन्धित क्षेत्रका सरकारहरुले लिएको छ । वर्तमान अवस्थामा बाघका ६ प्रजातिहरू मात्र अस्तित्वमा छन् ।

यसका ३ प्रजाति पृथ्वीबाट लोप भइसकेका छन् । अहिले विश्वमा इण्डोचिनियाँ बाघ, मलेसियन बाघ, सुमात्रा बाघ, साइबेरियन बाघ, दक्षिणचिनियाँ बाघ र पाटेबाघ पाइन्छ । नेपाल र भारतको भूभागमा पाटेबाघ पाइन्छ । पाटेबाघको वैज्ञानिक नाम प्याथरा टाइग्रिस टाइग्रिस हो ।

पाटेबाघ अरु बाघभन्दा केही ठूलो शरीरको हुन्छ । जसको भालेको तौल लगभग २ सय ३५ किलोग्रामसम्मको हुन्छ । बाघ संरक्षणवादीको दाबीअनुसार अहिले पाटे बाघको संख्या दुई संख्या हजारभन्दा पनि कम भइसकेको छ । अहिले करिब एक हजार चार सय ११ पाटे बाघ अस्तित्वमा रहेको अनुमान गरिएको छ ।

नेपाललगायत दक्षिण एसियाली देशले बाघ संरक्षणमा उत्साहजनक नतिजा हासिल गरिरहेका छन् । तर, इन्डोनेसिया, थाइल्याण्ड र मलेसियाजस्ता दक्षिणपूर्वी एसियाली देशले भने सन्तोषजनक नतिजा हासिल गर्न सकिरहेका छैनन् । एसियाका १३ देशमा पाइने पाटेबाघ बिरालो प्रजातिको सबैभन्दा ठूलो लजालु वन्यजन्तु हो । पटेबाघ सबैभन्दा बढी भारतमा रहेको छ ।

एसियाभर करिब चारहजार जनसंख्या पाटेबाघको छ । बाघ घना जङ्गलमा रमाउँछ तर नेपालमा जङ्गल पातलो हुँदै गएको छ । बाघ संरक्षण सबैभन्दा ठूलो चुनौती नै यही भएको संरक्षणविद्को भनाइ छ । नेपालले पु¥याउनुपर्ने संख्या २४५ हो तर हामी त्योभन्दा बढी २५० बनाउने लक्ष्यमा छौँ, बाघको गणनाका बेला गणना नभएका बाघका बच्चा ठूलो हुँदा त्यो संख्या बढ्न सक्छ । पछिल्लो आँकडाअनुसार नेपालमा बाघको संख्या २३५ वटा छ ।

चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ। सन् २०१३ को बाघ सर्वेक्षण अनुसार चितवनमा १ सय २०, बर्दियामा ५०, शुक्लामा १७, पर्सामा ७ र बाँके राष्ट्रिय निकुञ्जमा ४ वटागरी नेपालमा १९८ वटा पाटेबाघ थिए। सरकारले २०१८ मा सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा पर्सा १८, चितवन ९३, बर्दिया ८७, बाँके २१ र शुक्लाफाँटा १६ निकुञ्जमा गरी कुल २ सय ३५ वयस्क बाघ छन् ।

सेन्टपिटर्स वर्गमा भएको बाघसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा २ सय ५० वटामा पुर्याउने लक्ष्यमा पुग्न हामी १५ कम छौं । यो लक्ष्य पूरा भएमा नेपाल बाघको जनसंख्या दोब्बर पुर्याउने पहिलो देश बन्नेछ । हरेक चार वर्षमा नेपालमा बाघको राष्ट्रिय सर्वेक्षण गर्ने कार्यव्रmम हुन्छ । बाघ गणनामा क्यामेराट्रयाप , सन्टोकम्पा, रेन्जफाईन्डर, जी.पी.एस रेकर्ड फर्मलगायतका सामाग्रीको प्रयोगगरी बाघ तथा आहार प्रजातिको गणनासमेत गरिनेछ ।

यसका लागि विभिन्न अन्तर्राष्ट्रिय र राष्ट्रिय संस्थाले नेपालको बाघको संख्या दोब्बर बनाउन आर्थिक र प्राविधिक सहयोग गदैं आएका छन् । नेपालमा प्रधानमन्त्रीकै नेतृत्वमा बाघ संरक्षण समिति बनेको छ । वर्षमा एक पटक समितिको बैठक बस्छ । वन मन्त्रालय, सेना र प्रहरी पनि बाघ संरक्षणमा प्रत्यक्ष संलग्न छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ ले पनि बाघलाई संरक्षित सूचीमा राखेको र यसको सिकार गर्ने व्यक्तिलाई ५ देखि १५ वर्षसम्मको कैदर रु. ५० हजार देखि रु ७५ हजारसम्मको जरिवाना व्यवस्था गरेको छ ।

पाटेबाघ भारत, नेपाल, भुटान र बंगलादेशका सिमित क्षेत्रमा पाइन्छ । प्राकृतिक बासस्थानमा सबै भन्दा बढि भारतमा पाटेबाघ पाइन्छ । भारतमा पाटेबाघको संंख्या २ हजार २ सय २६ रहेको छ । यस्तै, नेपालमा २ सय ३५, बंगलादेश १ सय ६ र भुटानमा १ सय ३ वटा पाटेबाघ छ ।

नेपालमा बाघको संख्यामा पछिल्लो पाँच वर्षमा ३७ वटा बढेका छन् । यो सफलतालाई नेपालले आफूले त गौरव गर्नु स्वभाविक हो, विश्व जगतले नै नेपालको कामको सराहना गरेको छ । सन् २०१३ मा एक सय ९८ रहेको बाघको संख्या सन् २०१८ मा आएर दुई सय ३५ पुगेको छ । सन् २०२२ सम्म दुई सय ५० पु¥याउने अन्तराष्ट्रिय मञ्चमा गरेको प्रतिबद्धताको विन्दुलाई नेपालले छुनछुन आँटेको अनुभव हुन्छ ।

बाघको अस्तित्वलाई अध्ययन गर्ने हो भने, अठारौँ शताब्दीमा नौ प्रजातिका बाघ यस धर्तीमा विचरण गर्दथे । जङ्गलको राजा बाघले कुल वनक्षेत्रको आधा भूभागमा आफ्ना पाइला बिछ्याएको थियो । पछिल्लो चरणमा मानवीय क्रियाकलाप तथा जलवायु परिवर्तनको असरले लोप हुँदै गएको बाघको अस्तित्व निकै चुनौतीपूर्ण घडीमा आइपुगेको छ ।

समग्रमा भन्नुपर्दा विश्वमा बंगलादेश, भियतनाम, कम्बोडिया, भारत, भुटान, थाइल्यान्ड, इन्डोनेसिया, लाओस, चीन, मलेसिया, रसिया, म्यानमार र नेपालसहित १३ देशमा बाघ पाइन्छ । अहिले विश्वमा करिब ३ हजार ५ सय बाघ छन् ।

नेपालमा बाघ पाउने सम्भावित जिल्ला रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर तथा मकवानपुर र पाल्पाका दक्षिणी भेगभित्र रहेका सबै राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, मध्यवर्ती क्षेत्र, संरक्षित वन र अन्य वन क्षेत्रसमेत समेटेको थियो ।

देशमा सन् २००९ मा १२१ को संख्यामा रहेका बाघ सन् २०१३ मा १९८ पुगेको थियो । बाघको संख्या वृद्धि हुनु आफैँमा थप चुनौती हो । बाघको संख्या वृद्धिसँगै गुणस्तरीय वासस्थानको विस्तार र आहार प्रजातिको आपूर्ति हुन सकेन भने बाघ र मानवबीच द्वन्द्व सुरु हुने संभावना छ ।

सीमित संरक्षित क्षेत्रभित्र बाघलाई कैद गरेर बचाउने कोसिस नेपालले गरिरहेको छ । राष्ट्रिय वनजङ्गलमा बाघको संख्या निकै कम देखिएकोले कसरी वृद्धि गर्न सकिन्छ भन्ने कुरा अहिले नेपालको अगाडि प्रमुख चुनौतीका रूपमा खडा भएको छ ।

अर्को चुनौती चोरी सिकार नै हो । वन्यजन्तुको अङ्गको कुनै मौद्रिक मूल्य हुँदैन भन्ने सन्देश दिन नेपालले गतवर्ष चितवनको कसरामा तीन ट्रक वन्यजन्तुको आखेटोपहार जलाइसकेको छ । यद्यपि चोरी सिकार र कारोवारलाई नियन्त्रण गर्न सकिएको छैन ।

अर्कोतिर बाघको समान वितरण कसरी गर्न सकिन्छ भन्ने चुनौती पनि नेपालसामु छ । पर्सा राष्ट्रिय निकुञ्जलाई विस्तार गर्नुपर्नेमा निजगढ विमानस्थल निर्माणका लागि वन्यजन्तुको करिडोर मास्ने काम हुनथालेको छ । हाल पूर्वमा बाघको वासस्थान पुनःस्थापना गर्न सकिने क्षेत्रको रूपमा कोशीटप्पुको क्षेत्र विस्तार गर्न जरुरी छ ।

विश्वमा बाघ पाइने मुलुकमा– नेपाल, भारत, म्यानमार, भूटान, बङ्गलादेश, रुस, चीन, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, कम्बोडिया, लाओस, भियतनाम हुन् । प्राकृतिक वासस्थानमा सबैभन्दा बढी बाघ पालन गर्ने मुलुकको सूचीमा भारत रहेको छ ।

सन् २०१६ अप्रिलसम्मको तथ्याङ्क हेर्दा संसारभरमा बाघका विभित्र प्रजातिको संख्या तीन हजार ८९० रहेको छ । सन् २०१० को गणनाअनुसार नेपालमा बाघको संख्या १ सय २० थियो । सन् २०१३ सम्म आइपुग्दा नेपालमा १ सय ९८ बाघ पुगेको थियो ।

बाघको अनुसन्धान र अनुगमन ४५ वर्षअघि देखि सुरु भएको हो । यसरी पर्सादेखि कञ्चनपुरसम्म बाघका लागि उपयुक्त बासस्थान मानिन्छ । पछिल्लो तथ्यांकअनुसार चितवनमा १ सय १८, बर्दियामा ५०, शुक्लाफाँटामा १७, पर्सामा ७ र बाँकेमा ४ बाघ रहेका छन् । ७ वर्षमा बाघको संख्या बढेर १ सय ९८ पुगेको छ ।

प्रकाशित : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्