सुनको मूल्य ९९ हजार



काठमाडौं : नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख नजिक पुगेको छ । बिहीबार सुन तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको छ ।

बिहीबारका लागि नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोलामा ९९ हजार तोकेको छ ।

अघिल्लो दिनको तुलनामा तोलामै पाँच सय रुपैयाँले सुनको मूल्य बढेको महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको भाउ पनि बढेर कारोबार मूल्य तोलाको ९८ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।

चाँदीको मूद्यय प्रतितोला १२ सय २५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्