‘लोकमार्ग विधेयक २०७५’ प्रदेशसभामा दर्ता गर्न मन्त्रिपरिषद्को स्वीकृति



कैलाली : सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले ‘प्रदेश लोकमार्ग विधेयक २०७५’ प्रदेशसभामा दर्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई अनुमति दिएको छ। मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयले तयार गरेको विधेयक स्वीकृत गर्दै संसदबाट पारित गर्न प्रदेशसभामा दर्ता गर्न अनुमति दिएको हो।

मन्त्रिपरिषद् बैठकपछि जानकारी दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिव ओलीले केही सडक प्रदेश गौरवका सडक घोषणा गरिएकाले सहज निर्माणका लागि तयार प्रदेश लोकमार्ग विधेयक मन्त्रिपरिषद्ले पारित गरेको बताए।

बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषि यान्त्रिकीकरणका लागि साझेदारीमा कस्टम हायरिङ सेन्टर स्थापना तथा सञ्चालन कार्यविधि २०७५ पनि स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्