काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण



काठमाडौं : काठमाडौँ उपत्यकामा बिहीबार थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंका ४१ जना, भक्तपुरका र ललितपुरका २–२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै उपत्यकामा संक्रमितको संख्या ५३६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशति : साउन १५, २०७७

प्रतिक्रिया दिनुहोस्