तिनाउ विकास र मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का



काठमाडौं  :  तिनाउ विकास बैंक र मिसन डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । यी दुवै बैंकले चैत ३ गते आपसमा गाभिने (मर्जको) सहमति गरेका थिए।

बैंकको मर्जर नसकिउन्जेल सेयर कारोबार रोक्का गर्न दुवै बैंकले नेपाल स्टक एक्चेन्जमा पत्र पठाएका छन्। दुवै बैंक गाभिएपछि तिनाउ मिसन बैंकको नामबाट एकीकृत कारोबार थाल्नेछन्। यी दुई बैंकको मर्जरपछि बैंक प्रदेश स्तरको हुनेछ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म तिनाउको चुक्ता पुँजी ५० करोड ६ लाख रुपैयाँ छ। मिसनको ५७ करोड ६४ लाख रुपैयाँ छ।

प्रतिक्रिया दिनुहोस्