वीरगन्ज महानगरपालिकाका ३० स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमा



पर्साः वीरगन्ज महानगरपालिकाको विभिन्न स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरपालिका कार्यालयको प्राङ्गगणबाट नै प्रहरीले ९ महिलासहित ३० जना स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको हो ।

अपराध नियन्त्रण टोलीका प्रहरी निरिक्षक रविभुषण यादव र वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निर्मल पर्नेरुको कमाण्डमा रहेको प्रहरी टोलीले महानगरपालिका मै पुगेर उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा लगेका हुन् ।

प्रमुख जिल्ला अधिकारीको आदेशमा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आम सर्वसाधारणसहित चिकित्सक तथा स्वास्थ्यकर्मी मै कोरोना संक्रमण बढ्न थालेपछि कोभिड अस्पतालमा जनशक्तिको अभाव भएकोले थप ७२ जना स्वास्थ्य कर्मचारीलाई उपलब्ध गराउन महानगरपालिकालाई आदेश दिएको थियो ।

स्थानिय प्रशासनको आदेश अनुसार स्वास्थ्यकर्मीलाई नारायणी अस्पतालमा उपस्थित हुन महानगरपालिकाले पत्रचार गरेपनि अटेरी गरेपछि स्थानिय प्रशासनले प्रहरी नै लगाएर नियन्त्रणमा लिएको महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका प्रमुख अरुण कुमार महतोले बताए ।

स्थानिय प्रशासनले गत १० गते नै जनशक्ति उपलब्ध गराउँन हामीलाई पत्रचार गरेको थियो । हामीले स्वास्थ्यकर्मी उपस्थित हुन सम्बन्धीत स्वास्थ्य चौकीलाई बारम्बार ताकेता गर्यो तर स्वास्थ्यकर्मीले कुनै सुनवाई नगरेको उनले बताए । हाम्रो सुनवाई नगरेपछि स्थानिय प्रशासनले नै सम्बन्धीत वडाका वडा अध्यक्ष र प्रहरी लगाएर महानगरपालिकामा झिकाएको उनले बताए । कोभिडमा खट्ने कर्मचारीलाई राज्यले दिने अतिरिक्त सेवा सुविधा पाउँने नै छन, तर पनि संकटको घडिमा आफनो जिम्मेवारीबाट पन्छिनु मानविय होईन ।

मुलुकनै अहिले कोभिडको संकटको घटिमा छ, वीरगन्ज महानगरपालिका पनि यसको व्यवस्थापनमा लागि परेको छ, उनले भने,‘ सरकारी कर्मचारी भएपनि आफनो जिम्मेवारीबाट पन्छिनु हुदैन, हामीले बारम्बार सम्झाउँन खोज्दा पनि नमानेपछि स्थानिय प्रशासनले नियन्त्रणमा लिएको हो ।

यता स्वास्थ्यकर्मीले भने, सरकारले उचित व्यवस्था गरे कोभिड संक्रमितको उपचार खटन पछि नहटने बताएका छन । वगही स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी प्रियंका ठाकुरले भनिन्, हाम्रो पनि घर परिवार छ, संक्रमितको उपचारमा खटे हाम्रो घरपरिवार पनि जोखिम पर्न सक्छ त्यसको सुरक्षाको ग्यारेन्टी कसले लिने सोध्दा कसैले जिम्मेवारी लिन चाहेन ।

स्थानिय प्रशासनले खटाएको प्रहरीले नै तपाई कोभिड पोजेटिभ हुनुहुन्छ भन्ने आरोप लगाएर सम्पूर्ण स्वास्थ्यकर्मीलाई नियन्त्रणमा लिएको उनले बताईन । उनले भनिन्, हाम्रो पिसिआर परिक्षण गरिएको छैन, स्थानिय प्रशासनले झुठो अफवाह फैलाएर घरबाट नै जबरजस्ती नियन्त्रणमा लिन लगाएको हो ।

पर्सामा जनशक्तिको अभावमा प्रभावकारी रुपमा एक घर एक परिक्षण हुन सकेको छैन । नत कोभिड अस्पतालमै थप सेवा दिन सकिएको छ, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डा. मदन उपाध्यायले भने, नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्य कर्मीले कोभिड अस्पताल र नारायणी अस्पतालमा जनशक्ति अपुग छ ।

भएका चिकित्कस तथा स्वास्थ्यकर्मी मध्ये केहि चिकित्कस र स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखा परेपछि अहिले उनीहरु आईसोलेशनमा बसेका छन । जनशक्ति उपलब्ध नहुँदा नारायणी अस्पतालको जेनरल सेवा र कोभिड अस्पतालको पनि सेवा प्रभावित बनिरहेको उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस्