डीसीएको क्रिकेट टोली मुम्बई प्रस्थान



धनगढी : धनगढी क्रिकेट एकेडेमी (डीसीए) को टोली १० दिने खेल भ्रमणका लागि आइतवार मुम्बई प्रस्थान गरेको छ ।

 

टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग ६ एकदिवसीय खेल खेल्न लागेको डीसीएले जनाएको छ ।

 

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले टोलीलाई बिदाइ गर्दै क्रिकेट खेलमा विकासका लागि नगरपालिकाले आगामी दिनमा बजेट विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे ।

 

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मुम्बई भ्रमणले राष्ट्रका लागि प्रतिभावान् खेलाडी उत्पादन गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गरे । टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विकलगायत खेलाडी छन् ।

 

प्रशिक्षकमा दीपेन्द्र चौधरी र व्यवस्थापकमा भरत जोशीसमेत टोलीमा समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्