यस्तो सर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान



एजेन्सी, मुम्बई : बलिउडका बादशाह सलमान खान जुन फिल्ममा काम गर्छन् त्यो फिल्म निकै हिट हुने गर्छ । प्रायः ईद पर्वको अवसर पारेर फिल्म रिलिज गर्दै आएका खानले बलिउडमा थुप्रै नयाँ कलाकारलाई डेब्यु गराएका छन् । 

उनले डेब्यु गराएका कलाकार बलिउडमा स्थापित पनि भएका छन् । यसैबिच, सलमान खानले अभिनेता रणवीर सिंहको बारेमा तारिफ गरेका छन् । प्रखर अभिनय र मेहनतका कारण उचाईको शिखरमा पुगेका रणवीरलाई सलमानले पनि सुपरस्टार भएको कुरा एक कार्यक्रममा खुलाएका छन् । 

सलमान खानले भने, ‘यदि कोही फिल्ममा काम गर्न चाहन्छ र म उसलाई डेब्यु गराउँदै छु भने उसलाई विना सर्त गराउँदिन । म ती व्यक्तिलाई मात्र फिल्ममा ल्याउँछु जो सँग काम गर्न सक्ने क्षमता र योग्यता छ ।’

उनले सबै मानिस शाहरुख खान, अमिर खान, अक्षय कुमार वा रणवीर सिंह नहुने भन्दै क्षमता भएकालाई मात्र बलिउडमा डेब्यू गराएकोले उनीहरू सफल भएका बताए । 

प्रतिक्रिया दिनुहोस्