डडेल्धुरामा स्कारपियो दुर्घटना, २ जना घाइते



डडेल्धुराः डडेल्धुरामा स्कारपियो दुर्घटना भएको छ । जिल्लाको अमरगढी नगरपालिका-५ स्थित रानीधारा नजिक भीरबाट बा १८ च ९७३७ नं.को स्कापियो तल खसेको हो ।

सडकबाट करिब २०० मिटर तल खसेको स्कारपियोमा सवार २ जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पाटन नगरपालिका-६ का २६ वर्षीय हिमाल विष्ट र अर्का एक जनाको परिचय खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्