प्रदेश २ मा बिहीबार ७१ जना संक्रमित थपिए, ३० जना डिस्चार्ज



जनकपुरधामः प्रदेश नं.२ मा पछिल्लो २४ घण्टामा ७१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ ।

जसअनुसार पर्सामा ५० जना, धनुषामा १४ जना, महोत्तरीमा ४ जना र बारामा ३ जना व्यक्ति संक्रमित भएका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ४ हजार ६ सय १५ पुगेको छ । संक्रमितमध्ये ४ हजार २ सय ३५ पुरुष र ३ सय ८० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

पर्सामा संक्रमण पुष्टी भएकाहरु वीरगञ्ज महानगरपालिका–४ र १२ की ३ देखि ६० बर्ष उमेर समुहका ९ जना महिला र ५ देखि ५४ बर्ष उमेर समुहका १७ जना पुरुष, छिपहरमाई गाउँपालिका–२ तिहुकीका ३५ बर्षिय एक पुरुष, नारायणी अस्पताल वीरगञ्जकी २० देखि ३५ बर्ष उमेर समुहका ५ जना महिला र १९ देखि ५३ बर्ष उमेर समुहका १० जना पुरुष, विर्ता–४ का ३४ र ३८ बर्षिय २ जना पुरुष, जगरनाथपुर गाउँपालिकाका २२ बर्षिय एक पुरुष, पटेर्वा सुगौली गाउँपालिका–५ की २४ बर्षिया एक महिला र २५ र २८ बर्षिय २ जना पुरुष र आर्मी क्याम्पका ३४ बर्षिय २ जना पुरुष रहेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ र १२ की ६० बर्षिया एक महिला र २५ बर्षिय एक पुरुष, शहिदनगर नगरपालिका–३ का ५५ बर्षिय एक पुरुष, जनकपुरधाम–४ स्थित गोपाल धर्मशाला क्वारेन्टाइनकी ३२ बर्षिया एक महिला र २१ र २८ बर्षिय २ जना पुरुष, कमला नगरपालिका–१ का २७ बर्षिय एक पुरुष, मिथिला नगरपालिका–७ की २६ बर्षिया एक महिला र ७ देखि ६३ बर्ष उमेर समुहका ४ जना पुरुष, ठेगाना खुल्न नसकेकी ३३ बर्षिया एक महिला र गैडाँकोट पूर्वी नवलपरासीका ५० बर्षिय एक पुरुष संक्रमित भएका छन् ।

महोत्तरीको एकडारा नगरपालिका–४ का ५० बर्षिय एक पुरुष र बर्दिबास नगरपालिका–९,१० र १२ का ३५ देखि ५० बर्ष उमेर समुहका ३ जना पुरुष कोरोना संक्रमणको चपेटमा परेका छन् भने बाराको कलैया उपमहानगरपालिका–१ का ३४ बर्षिय एक पुरुष र जीतपुर स्वास्थ्य चौकी सिमरा क्वारेन्टाइनका २४ र २७ बर्षिय २ जना पुरुष संक्रमित भएका छन् ।

प्रदेशभरीमा बिहीबारसम्म सप्तरीमा ७ हजार ८ सय ९०, सिरहामा ४ हजार ४३, धनुषामा ५ हजार ५ सय ४५, महोत्तरीमा ३ हजार ८ सय ७१, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १५ हजार ४ सय ४१, बारामा ४ हजार ९ सय २३ र पर्सामा ९ हजार ५ सय १० जना गरि कुल ५७ हजार २ सय ५५ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार ६ सय १५ जना संक्रमित भएका छन् भने ४९ हजार ९ सय ७० जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ९ सय ५५, सिरहामा १ सय ३९, धनुषामा १ सय ८०, महोत्तरीमा २ सय ३६, सर्लाहीमा ६०, रौतहटमा ३ सय १२, बारामा १ सय ७४ र पर्सामा ६ सय १४ जना गरि कुल २ हजार ६ सय १७ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ८३, सिरहामा १ सय ७८, धनुषामा ३७, र महोत्तरीमा १० जना गरि ४ सय ८ जनाको स्वाब संकलन गरिएको छ भने सिरहामा ३, महोत्तरीमा ९ र बारामा ७७ गरि जम्मा ८९ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ६ सय १० जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ५४, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ५, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४६ र पर्सामा २८ जना गरि कुल १ हजार १ सय ९३ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २५ हजार ४ सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १५ हजार ८ सय ३७ बेड क्षमताको २ सय ५६ वटा क्वारेन्टाइनमा अहिले १ हजार ७ सय ४ जनालाई राखिएको छ भने १ हजार ७ सय ७६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार २ सय ९३ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ४७, सिरहामा १६, धनुषामा ३५, महोत्तरीमा ३२, सर्लाहीमा ५४, रौतहटमा २, बारामा ५५ र पर्सामा १ सय ४५ जना गरि ४ सय ८६ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५५ जना संक्रमित भएका छन् । महोत्तरीमा ७ सय ८९, सर्लाहीमा ७ सय ८, धनुषामा ६ सय ६४, सप्तरीमा ४ सय ५७, पर्सामा ३ सय ६२, सिरहामा २ सय १० र बारामा १ सय ७० जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा यस प्रदेशमा ३० जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सिरहाका १२ र धनुषाका १८ जना व्यक्तिहरु छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय २५, सिरहाका १ सय ६६, धनुषाका ५ सय ५८, महोत्तरीका ३ सय ४४, सर्लाहीका ६ सय २८, रौतहटका ७ सय ५०, बाराका १ सय १६ र पर्साका १ सय ८२ जना गरि ३ हजार ६९ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा १०, बारामा २, रौतहटमा २, महोत्तरीमा १, धनुषामा १ र सप्तरीमा १ जना गरि १७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्