राष्ट्रिय खेलकुद परिषदमा ६ जना मनोनित


काठमाडौंः राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्डमा ६ जना सदस्य मनोनित भएका छन् ।

राखेपमा नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेको भोलिपल्ट बिहीबार ३७ सदस्यीय बोर्डका लागि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले ६ जनालाई मनोनित गरेका हुन् ।
राखेप सदस्य सचिव सिफारिस समितिको सदस्य रहेका रिम रानाभाट र इन्दिरा निरौला पनि परिषद् सदस्य नियुक्त भएकी छिन् । राखेपको अध्यक्षमा मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था छ ।

राखेपका पूर्व अधिकृतसमेत रहेका चितवन २ का रानाभाट र ओखलढुंगा तलुवा १ की निरौला खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टि डोपिङ विज्ञ मध्येबाट मनोनित गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै राष्ट्रिय खेल संघको सिफारिसमा काठमाडौं चपलीका अर्जुनबहादुर केसी, बाग्लुङ बिहु ४ का सम्पन्न श्रेष्ठ र चितवन भरतपुर १ का सुवास श्रेष्ठ तथा परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रको प्रतिनिधित्व हुने गरि गोविन्दप्रसाद भट्टराईलाई सदस्यमा मनोनित गरिएको छ ।

सोमबार मन्त्रीपरिषद्को बैठकले शिव कोइरालालाई उपाध्यक्ष र रमेशकुमार सिलवाललाई सदस्य सचिव नियुक्त गरेको थियो । कोइराला र सिलवालले बुधबार पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

नेपालगन्जः प्रदेशसभाको सार्वजनिक लेखा समितिले सवारी साधन मर्मतमा भएको अनियमितताको छानविन शुरु गरेको छ ।

काठमाडौंः यो वर्षको सबैभन्दा धेरै उल्ला वर्ष बुधबार रातिदेखि बिहीबार बिहानसम्म हुँदैछ । नेपाल एस्ट्रोनोमिकल

काठमाडौं : नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै

जनकपुर : जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा गत सोमबार मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण

सिन्धुली : समुदाय स्तरमा कोरोना संक्रमण फैलिनसक्ने आंशकामा सिन्धुली जिल्ला सदरमुकामस्थित कमलामाई नगरपालिका एक साताका

पेरिस : महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वभर दुई करोडभन्दा बढी मानिस संक्रमित भएका छन्

मोरङ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मोरङका ५५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । कालापानी क्षेत्रमा उत्पन्न सीमा विवादका कारण केही समयदेखि संवादहीनताको अवस्थामा रहेको नेपाल र

काठमाडौं : ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ

जनकपुरधाम : कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर तथा होटल रामाका सञ्चालक कृष्ण गिरीको मृत्यु भएको छ

बुटवल : बुटवलको कोरोना विशेष अस्थायी अस्पतालको आइसोलेसनमा भर्ना भएका कपिलवस्तुका दुई जना पुरुषको मृत्यु

बाजुरा : गौमूल गाउँपालिका–२ अजयटोड्की गाउँमा उद्धारका लागि गएको प्रहरी र गाउँपालिकाको टोली फिर्ता भएको