डडेलधुरा दुर्घटना अपडेट : एक जनाको मृत्यु, १२ घाइते



कैलाली : डडेलधुरामा भएको माइक्रो बस दुर्घटनामा परि घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको सायल गाउँपालिकाका २६ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

उनको उपचारका क्रममा डडेलधुरा अस्पतालमा मृत्यु भएको हो । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दिपायलबाट धनगढी आइरहेको बा २ ख १६६५ नम्बरको हाएस डडेलधुराको गन्यापधुरा गाउँपालिका–२ गुयलीखेतमा दुर्घटना भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्