वीरगञ्जका मेयर सरावगीलाई कोरोना संक्रमण



वीरगञ्ज : वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगी कोरोना संक्रमित भएका छन् । मेयर सरावगीले समाजिक सञ्वाल फेसबुकमार्फत आफूलाई कोरोना सक्रमण भएको पुष्टि गरेका हुन् ।

सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दा गर्दै आफैँ संक्रमित हुन पुगेको बताएका छन् ।
विगत ५ महिनादेखि कोरोना भाइरस संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन आफूले हर सम्भव प्रयास गर्दा गर्दै संक्रमित भएको उनको भनाई छ ।

संघीय र प्रदेश सरकारको दायित्व अन्तर्गत रहेको क्वारेन्टाइन, इसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी ति निकायहरुले नलिएपछि आफैँले लिएर नारिकको जिवन रक्षाको लागि अथक प्रयास गरेको सवारगीले फेसबुक स्टाट्समा उल्लेख गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उचारका लागि मेयर काठमाडौं आएका थिए । परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । सवारगाी अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्