महानगरीय ट्राफिक महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं : महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई जना प्रहरीमा शुक्रबार बिहान कोरोना संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु दुवै जनालाई सशस्त्र प्रहरी अस्पताल लगिएको छ ।

उनीहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको भने उनीहरु बस्दै आएको शाखा सिल गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : साउन १६, २०७७

प्रतिक्रिया दिनुहोस्