राजधानीमै पैसा बनाउने गिरोह सक्रिय, दुई पक्राउ



काठमाडौं : पैसा बनाउने भन्दै काठमाडौंमा ठगी गर्दै आएका गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दी ओखरबोटका ५२ वर्षीय भीमबहादुर मल्ल र ओखलढुङ्गा दियालेका ४४ वर्षीय मानबहादुर सुवेदी छन् । 

सक्कली पैसाबाट त्यस्तै अर्को सक्कली पैसा बनाउने भन्दै उनीहरूले सादा कागजबाट पैसा बनाएर विश्वासमा पार्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले अहिलेसम्म ४ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको छ । 

झुक्क्याएर बनाएको भनिएका नोट उनीहरूले बन्डल बनाएर बाहिरबाट कागजले प्याक गर्दै सर्वसाधारणलाई दिने गरेका थिए । बाहिर पहेँलो कागजले प्याक गरिएको उक्त बण्डल घरभित्र गएर मात्रै खोल्नुपर्ने बताएर उनीहरूले खाली कागज दिएर ठगी गर्ने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए । 

जादु देखाएर ठगी गर्ने गरेको यस किसिमको घटना नौलो भएको प्रहरीको भनाइ छ । अहिले पक्राउ परेका दुवै जना यसअघि पनि ठगी मुद्दामा पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्